सुदूरपश्चिममा सरकार विस्तार, को-को भए मन्त्री ? – Nepal Press

सुदूरपश्चिममा सरकार विस्तार, को-को भए मन्त्री ?

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको शनिबार अपरान्ह शपथ हुने छ ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर