संसदमा नीति तथा कार्यक्रमको रिहर्सल (तस्बिरहरू) – Nepal Press

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल (तस्बिरहरू)

काठमाडौं । आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश हुँदैछ । संघीय संसदको दुवै सदन प्रतिनिधिसभा तथा राष्ट्रियसभाको अपरान्ह ४ बजे तय संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नीति तथा कार्यक्रम प्रस्तुतको पूर्वतयारी (रिहर्सल) गरिएको छ ।

बिहीबार साँझ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, संसद सचिवालयका अधिकारीलगायतको टोलीले संसद भवन परिसर र बैठकस्थलमा गई अनुगमन गरेका छन् । साथै केहीबेर रिहर्सल गरिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

संसद भवन परिसरलाई सिँगारिएको छ । राष्ट्रपतिको विशेष सवारी हुने भएकाले त्यही अनुसार सुरक्षा प्रबन्ध गरिएको छ ।

यसअघि अस्वस्थताका कारण राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न नसकिने भनिएकोमा अहिले स्वास्थ्यमा सुधार आएसँगै आफैँ पढ्नै तयारीका साथ उनले पनि पूर्वअभ्यास गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *