नेपालका पैसाले खोला तरिसक्यो, सीमा नाघिसक्यो : पूर्वअर्थमन्त्री डा. खतिवडा – Nepal Press

नेपालका पैसाले खोला तरिसक्यो, सीमा नाघिसक्यो : पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पैसाले सिमाना नाघिसकेका कारण अर्थतन्त्रमा मन्दी देखिएको दाबी गरेका छन् ।

अर्थतन्त्रको अवस्था र आगामी कार्यदिशासम्बन्धी वुद्धिजीवि परिषदले गरेकाे अन्तरक्रियामा डा. खतिवडाले डिजिटल कारोबारका नामा पैसाले खोला तरिसकेको बताए ।

‘सम्पुर्ण वित्तीय प्रणलीको १०/१२ प्रतिशत ओगटेको सहकारी क्षेत्र अस्तव्यस्त छ’, उनले भने, ‘त्यहाँबाट लिएको ऋण नतिरौ भन्ने अभियान नै चलाएर डिजिटल करेन्सीमा कारोबार मार्जन गर्छु भनेर त्यतातिर लगानी गरेका छन् । स-साना बचतकर्ताले जम्मा गरेको पैसाले खोला तरिसक्यो सिमाना नाघिसक्यो ।’

त्यस्तै, बीमामा एकातिर लाइसेन्स बाडिरहेको र अर्कातिर मर्जरको कुरा गरिहेको बताउँदै खतिवडाले भने, ‘लघुवित्तमा पनि त्यस्तै छ । लघुवित्तमा ऋण नतिरौ भन्ने राजनीति पार्टीसँग जोडिएका मान्छे छन् ।’

सन २०२० सम्मको अवस्था ठीक भएको र त्यसपछि बिग्रन थालेको उनले बताए । उनले ऋण नतिर्ने भन्दै सडकमा आएका ऋणीलाई सरकारले कारबाही गर्न नसकेको आरोप लगाए ।

यस्तै, दातृ समुदायले सरकारको नीति प्रष्ट नभएको भन्दै गुनासो गरेका पनि उनको भनाइ छ । उनी भन्छन, ‘प्राथमिता स्ष्पट भएन, खर्च गर्ने क्षमता विकास भएन, म्यासिचङ फण्ड राखेन र बजेट निकृष्ट भयो भनिरहेको छन् ।’

पूँजीगत खर्चको ठूलो स्रोत दाताले दिएको रकम हो । अहिले प्रत्येक परिवारले असुरक्षाको महसुस गरिरहेको र घरघरमा अर्थतन्त्रको बहस भइरहेको उनले बताए ।

अािर्थक वृद्धिदर २/३ पटक निरन्तर तल गयो भने मन्दी हुन्छ तर यहाँ त नेगेटिभ छ । धेरै परिसूचक तल जानुपर्ने हो त्यो भएको छैन । यसमा बहस जरुरी रहेको खतिवडाले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर