नेप्से परिसूचक ३२ अंकले बढ्यो, एक अर्ब बढीको कारोबार – Nepal Press

नेप्से परिसूचक ३२ अंकले बढ्यो, एक अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा कायम भएको छ ।

४४ लाख २२ हजार १८६ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार १८८ रुपैयाँको कारोबार भएको छ । यसअघि अन्तिमपटक चैत ३० गते मात्रै एक अर्ब ६३ करोडको कारोबार भएको थियो ।

कारोबारका आधारमा आज हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनी आठ करोड ६३ लाख ४८ हजार ४३६ रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।

उपसमूहतर्फ पनि आज हरियाली देखिएको छ । जहाँ १३ वटै समूहको सेयरमुल्य बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर