माधव नेपाल भन्छन्- संघीयता जोखिममा पर्न थाल्यो, कम्युनिष्टहरु एकजुट हुनुपर्छ – Nepal Press

माधव नेपाल भन्छन्- संघीयता जोखिममा पर्न थाल्यो, कम्युनिष्टहरु एकजुट हुनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको टिप्पणी गरेका छन् ।

अनेरास्ववियुको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘लोकतन्त्र संकटमा पर्न थालेको छ, गणतन्त्र संकटमा पर्न थालेको छ । संविधान नै संकटमा पर्ने अवस्था देखिँदैछ । संघीयता जोखिममा पर्ने अवस्था देखिँदैछ । देशको व्यवस्था र अवस्था आधामात्रै बदलिएको छ । व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ । सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ । त्यसैले हामी एकजुट हुनुपर्छ ।’

उनले अब विकास र समृद्धिको झण्डा उठाउँदै समाजमा रहेको विकृति र विसंगति अन्त्य गर्नुपर्ने बताए । राजनीतिक दलहरु निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भएको उल्लेख गर्दै जनतादेखि जनतासम्म सोच्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर