रायमाझीलाई काठमाडौं परिसर ल्याइयो

२०८० वैशाख ३१ गते २१:२६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोप बहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई काठमाडौंको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएपछि अहिले प्रहरी परिसर ल्याएको हो । वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर