भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको भन्दै म्यानपावर व्यवसायीको विरोध – Nepal Press

भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको भन्दै म्यानपावर व्यवसायीको विरोध

काठमाडौं । श्रमिकमाथि आर्थिक भार पर्ने गरी सिन्डिकेट भित्र्याउन सक्ने भन्दै म्यानपावर व्यवसायीले विरोध गरेका छन् । साउदी अरेबियाले पनि नेपालमा भिसा सेन्टर खोल्ने भएपछि म्यानपावर व्यवसायीले विरोध गरेका हुन् ।

भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप म्यानपावर व्यवसायीले लगाएका छन् । साउदी अरेबिया भिसा तथा यात्रासम्बन्धी अनुमति प्रक्रिया पूरा गर्न निजी कम्पनीलाई जिम्मा दिन स्वीकृति दिएपछि म्यानपावर व्यवसायीको छाता संगठनले विरोध गरेको हो ।

मन्त्रालयले साउदी प्रवेशका निम्ति सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी अनुमति प्रदान गर्ने काम भीएफएएस ग्लोबलले गर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई इमेलमार्फत जानकारी गराएको हो ।

‘कामदारसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्वीकृतिविना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका संस्थाहरु यस संघलाई मान्य हुने छैन’, संघका अध्यक्ष राजेन्द्र भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै कुनै एक संस्थामार्फत एकाधिकार लागू गर्न खोजिएको खण्डमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कडा प्रतिवाद गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर