अमरेशसिंहको दाबी- भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास हुँदैछ – Nepal Press

अमरेशसिंहको दाबी- भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास हुँदैछ

काठमडौं । सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा पोलिसीगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।

आइतबार आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा बोल्दै उनले भने, ‘यस्तो ठुलो प्रकरणमा कुनै गृहमन्त्री र मन्त्रीको हैसियत हुँदैन । यो पोलिसीगत करप्सन हो । यो ठुला करप्सन हो । यसमा प्रधानमन्त्री र क्याविनेटको डिसिजन मैले देखाइरहेको छु । अहिलेको र त्यो बेलाको मुख्यसचिवको सिग्नेचर मैले देखाइसकेको छु । यो एकअर्काको कन्फिडेन्समा गरेको निर्णय हो । त्यसैले पुरै तारतम्य समात्नुपर्छ ।’

अहिलेको गृहमन्त्रीको मान्छे पर्यो भने यो प्रकरण लय झन् बाहिर जाने उनको भनाइ छ ।

उनले भने, ‘छानविनको क्रममा जो संलग्न छ त्यसलाई नै पोल्छ। एउटा डाक्टर थियो धरानको उसले बिहान मात्रै भनेको थियो मैले ७ करोड फलानो नेतालाई दिए अनिमात्रै मेरो नियुक्ति भयो । त्यसको पन्ना नै त्यहाँको सचिव र अख्तियार प्रमुखको मिलेमतोमा निकालिएको छ । त्यसबारे पुरन्जनजीलाई थाहा छ यही हुनुहुन्छ ।’

उनले प्रहरीको एआइजीको लेवलबाट सरकारी वकिलबाट बयान चेन्ज गराउने प्रयास भइरहेको जानकारी आएको बताए ।
उनले भने, ‘प्रहरीको एआइजीको लेवलबाट मलाई जानकारी आएको थियो । सरकारी वकिलबाट बयान चेन्ज गराउने कोसिस भइरहेको छ । त्यसकारण हामीले सबै कुरा नजिकबाट नियालिरहेका छौं । तर, पुलिसलाई पनि मन छैन आफ्नो बाध्यताले गरिरहेको छ । मन हुन्थ्यो भने यही आइजीपी र एसएसपी हुँदा गृहमन्त्रीको दबाबमा छाड्यो । प्रधानमन्त्रीलाई पनि बाध्यता छ थुनिसकेपछि कसरी छाड्ने ? त्यसैले यो बाध्यात्मक स्थितीमा चलिरहेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर