उपाधि नजिक पुगेको पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल – Nepal Press

उपाधि नजिक पुगेको पिएसजीको जीतमा एम्बाप्पेको दुई गोल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै  उपाधिको सम्भावना थप बलियो बनाएको छ ।

एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पिएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो । जसमा एक गोल उपहारमा पाएको थियो ।

पार्क डेस प्रिन्सेसमा शनिवार राति भएको खेलको २२औँ मिनेटमा पिएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो । र, त्यसको १० मिनेटपछि अर्थात् ३३औँ मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारे । र, खेल पहिलो हाफमा २(० को अवस्थामा रहन पुग्यो ।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ४७औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो । र, उनै एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीको अग्रतालाई ४–० मा पुर्‍याइदिए ।

एजासियोको विडम्बना नै भनौँ, ७३औँ मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पिएसजी खेलमा ५–० ले अघि बढ्यो । र, दुबैतर्पफवाट कुनै गोल हुन नसके पछि अन्ततः खेल ५(० मा टुंगियो ।

रोचक त भे के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो । खेलको  ७७औ मिनेटमा पिएसजीका अचरफ हाकिमीले तथा ८०औँ मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो ।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औँ स्थानमा सीमित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर