न्याम्समा तत्काल पदाधिकारी नियुक्तकाे माग गर्दै वीर अस्पतालका चिकित्सकले पठाए पत्र – Nepal Press

न्याम्समा तत्काल पदाधिकारी नियुक्तकाे माग गर्दै वीर अस्पतालका चिकित्सकले पठाए पत्र

काठमाडौं । वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले गत फागुन ३० देखि रिक्त न्याम्स पदाधिकारी तत्काल नियुक्त गर्न प्रधानमन्त्री एव प्रतिष्ठानका कुलपति र सहकुलपति एव स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष माग गरेको हो ।

पदाधिकारी रिक्त हुँदा प्रतिष्ठानमा शैक्षिक, आर्थिक र प्रशासनिक काम ठप्प रहेको छ । युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान÷वीर अस्पतालमै कार्यरत वरिष्ठठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नु पर्ने तथा पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५०% पदाधिकारी नियुक्ति गर्नु पर्ने माग पनि गरेको छ ।

युनियनका सचिव दिपक मुडभरिले पदाधिकारी तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा वीर अस्पताल भित्रैबाट वरिष्ठ प्राध्यापक मध्येबाट नियुक्ति गर्नु पर्ने माग गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *