रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं – Nepal Press

रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक हुन आह्वान गरेका छन् । कुनै पार्टीको झण्डा नबोकी शनिबार दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा उपस्थित हुन उनले आह्वान गरेका हुन् ।

भ्रष्टाचार देशको साझा दुस्मन भएकाले दलको नेता नभई सचेत नागरिकको रुपमा आफू पनि उपस्थित हुने उनको भनाइ छ ।

उनले फेसबुकमा आह्वान गर्दै लेखेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरेपनि सघाउनु पर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनु होला । भ्रष्टाचारविरुद्ध एक हौं ।’

उनले राम्रो काम गर्ने सबैलाई सघाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी हुनुपर्ने उनको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर