आरजु चामल बजारमा (भिडिओ) – Nepal Press

आरजु चामल बजारमा (भिडिओ)

काठमाडौं । नेपाली बजारमा आरजु चामल आएको छ । जिरा मसिनो र लङग्रेनमा सो चामल आएको हो । नेपालकै ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बजारमा आएको छ ।

आरजु राइस मिलले ‘आरजु’ ब्राण्डको चामल बिक्री सुरु गरेको हो । बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतको आरजु चामलमा लागनी रहेको छ ।

विराटनगरका किसानसँग मिलेर बस्नेतले सयौँ बिगाहा जमिनमा ‘रामधान’ खेती सुरु गरेका थिए । सोही धानबाट उत्पादन गरिएको जिरा मसिनो र लङग्रेन चामलको बिक्री सुरु भएको बस्नेतले जानकारी दिए ।

आरजु मिलले झापा, मोरङ र सुनसरीका किसानलाई मल र बीउहरु दिएर धान खेती गराउन सुरु गरेको छ । आरजु राइस मिलले चैते धान प्रति क्वीन्टल ९ सय र असारे धानलाई १२ सय रूपैयाँमा किसानसँग खरिद गर्छ ।

अहिले लङग्रेनको मूल्य प्रतिकेजी १३० रुपैयाँ तोकिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर