कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने – Nepal Press

कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । करिब ३ घन्टा बसेको वैठकमा पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाणको बारेमा छलफल भएको थियो ।

वैठकपछि नेताहरुले पत्रकारलाई प्रतिक्रिया दिन चाहेनन् । खाणलाई निलम्बन गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । कुनै निर्णय नभएको उनले बताए ।

ती पदाधिकारीका अनुसार भोलि फेरि पदाधिकारी र पूर्वपदाधिकारीको वैठक बस्ने सल्लाह भएको छ । भोलिको वैठकले निलम्बनका बारेमा निर्णय लिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर