डँडेलोमा परेर दैलेखमा १२ जना मजदुर घाइते

२०८० वैशाख २७ गते १६:३५

दैलेख । दैलेखको आठबीस नगरपालिका-६ माल्याको वनको डँडेलोमा परी १२ जना मजदुर घाइते भएका छन् ।
आठबीसको माल्याको वनमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उनीहरू बाटो खन्न गएका मेयर तर्कबहादुर बडुवाले जानकारी दिए ।
उक्त वनमा काम गरिहेको समयमा एक्कासि लागेको आगो फैलिँदा उनीहरू घाइते भएका हुन् । वनमा लागेको आगोबाट भाग्ने ठाउँ नभएपछि उनीहरूको शरिरमा आगो लागेको नगरप्रमुख वडुवालले बताए । घाइतेहरूको दैलेख राखम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भि छ । अन्य विवरण आउनेक्रममा रहेको नगरप्रमुख बडुवालले बताए ।
प्रतिक्रिया
One thought on “डँडेलोमा परेर दैलेखमा १२ जना मजदुर घाइते”
Leave a Reply
सम्बन्धित खवर
आगामी वर्षको प्रधानमन्त्री स्वरोजगार र स्थानीय तह कार्यक्रममा पत्कर स्वोर्ने र त्यो बापत आर्थिक सहयोग गर्ने गरि कार्यक्रम बनाउनुपर्छ यसो गरे मात्र सावधान होला कि। सुझाव