मोटरसाइकल दुर्घटनामा आइजीपीका नातिको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटनामा आइजीपीका नातिको मृत्यु

रुपन्देही । प्यूठानको सरुमारानी गाउँपालिका ६ मोतिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सो घटनामा प्युठान झिमरुक गाउँपालिका ४ बागेंफेदीका २४ वर्षीय शेरा सुलभ शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर विकले बताए ।

उनका अनुसार मंगलबार अपरान्ह पौने ४ बजे भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।

बुटवलबाट प्युठानतर्फ आउँदै गरेको लु ५८ प ६१२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहको टाउकोमा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । मृतक नेपाल प्रहरीका बहालवाला आईजीपी वसन्त कुंवरका भान्जीका छोरा नाति हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *