म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका गुमायो – Nepal Press

म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका गुमायो

काठमाडौं । म्यानचेस्टर युनाइटेड पराजित भएको छ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै वेष्ट हयामले आफ्नो जीत पक्का गरेको हो ।

आइतबार राती भएको खेलको २७ औँ मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्यो । त्यसपछि दुवै टोलीबाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो ।

र, खेल १-० मा नै टुंगियो ।

यस हारसँगै म्यानचेस्टरको तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ । तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत् नै छ भने  पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर