सरकारलाई एमाले नेताकै प्रश्न– टोपबहादुरजी कहाँ हुनुहुन्छ ? (भिडिओ) – Nepal Press

सरकारलाई एमाले नेताकै प्रश्न– टोपबहादुरजी कहाँ हुनुहुन्छ ? (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ ? भनेर सरकारलाई प्रश्न गरेका छन्।

शनिवार काठमाडौंमा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।

उनले सरकारलाई प्रश्न गर्दै भने, ‘म पनि नेपाल सरकारलाई सोध्दै छु सरकारमा बस्नेहरूले किन खोज्न सक्नुभएन ? उहाँहरूकै निगरानीमा हुनुहुन्छ । सार्वजनिक कार्यक्रममै हुनुहुन्थ्यो भन्ने पनि सुन्यौँ । सार्वजनिक कार्यक्रममा पुलिस प्रशासन पनि थियो होला ।’

पक्राउ पुर्जी जारी भएको सुनेको उल्लेख गर्दै खोजी गर्न नसक्ने हो भने त्यो सरकार नै नहुने टिप्पणी गरे।

‘सरकारले मेरो आँखा पुगेन भन्न मिल्छ र ? एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर क्षेत्रफलभित्र सरकारले सबै ठाउँमा मेरो आँखा पुगेको छु भन्नुपर्छ उनले भने’, सरकारलाई नै प्रश्न छ टोपबहादुरजी कहाँ हुनुहुन्छ ? हामीले पनि टोपबहादुरजी कतै गैर न्यायिक हिरासतमा पो छ कि भनेर खोजी गर्नुपर्ने बेला आएको छ । हाम्रो त नेता नै हो । पार्टीको सचिव हो । म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर