विश्व स्वास्थ्य संगठनले कोभिड संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकालको सूचीबाट हटायो


काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकालको सुचीबाट हटाएको छ ।
संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले विनाशकारी भाइरसको बारेमा उच्चतम स्तरको सतर्कता घोषणा गरेको तीन वर्षपछि शुक्रवार यस्तो घोषणा गरेको हो ।
‘आपतकालीन समितिको १५ औँ बैठकले स्वास्थ्य आपतकालको अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो सोही अनुरूप यो घोषणा गरिएको हो ।’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससलाई उद्धृत गर्दै अल्जाजिराले जनाएको छ ।
डब्ल्यूएचओले आपतकालीन चरण सकिए पनि मार्च २०२० मा घोषणा गरिएको महामारी पूर्ण रूपमा समाप्त भने नभएको जनाएको छ ।
दक्षिणपूर्वी एसिया र मध्य पूर्वमा अझै पनि कोभिड संक्रमणको अवस्था जटिल रहेको संगठनको भनाई छ ।