लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध – Nepal Press

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

रूपन्देही । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व कपिलवस्तुको तिलौराकोट लगिएको छ ।

सिद्वार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यहि दिनको प्रतिकका रूपमा शनिबार लुम्बिनीबाट बोधिसत्व सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरि बोधिसत्व बुद्वको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *