कर नतिर्ने ५५ कम्पनीलाई १५ दिने अल्टिमेटम (सूचीसहित) – Nepal Press

कर नतिर्ने ५५ कम्पनीलाई १५ दिने अल्टिमेटम (सूचीसहित)

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय चावहिलले बक्यौता कर दाखिल नगर्ने ५५ कम्पनीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

१५ दिनभित्र कर कार्यालयमा उपस्थित नभए कारबाही प्रक्रिया अघि बढाइने भन्दै सूचना जारी गरेको छ ।

राजस्व कार्यालयले जारी गरेको सूचनामा धेरैजसो कम्पनीले मूल्य अभिवृद्धि कर नतिरेको देखिएको छ भने केही कम्पनीले आयकर तिरेका छैनन् ।

कार्यालयले पटक पटक फोन सम्पर्क गर्दा पनि अटेर गरेको भन्दै १५ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ ।

राजस्व कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘फोन सम्पर्क, पत्राचार तथा संकलन भ्रमण गरी बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएकामा हालसम्म रकम दाखिला भएको प्रमाण पेश नभएको र कार्यालयबाट संकलन भ्रमण गर्ने सिलसिलामा केही करदाताहरू पत्ता नलागेको भनी पत्र फिर्ता आएको र हालसम्म कार्यालयमा सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशन गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर