कोका-कोला नेपालद्वारा ‘युथ डायलोग’ कार्यक्रम – Nepal Press

कोका-कोला नेपालद्वारा ‘युथ डायलोग’ कार्यक्रम

काठमाडौं । कोका-कोला नेपालद्वारा ’युथ डायलोग’ कार्यक्रम प्रस्तुत गरेको छ ।

कार्यक्रममा शृष्टि केसी (ब्लाइंड रक्सका संस्थापक/अध्यक्ष), सम्पदा मल्ल (मिडिया व्यक्तित्व, लेखक, फिल्म निर्माता) र किरण नेपाली (प्रशिद्ध ब्याण्ड कुटुम्ब’का सदस्य तथा ‘प्रोजेक्ट सारंगी’ का गुरु) को तीन प्यानलिस्ट रहेको जनाइएको छ ।

प्रमुख विषय प्रेरणा र करियर रहेको कार्यक्रममा प्यानलिस्टका अतिथिले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस समेत गरेको कम्पनीको बताएको छ ।

त्यसैगरी, कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गरेको विश्वास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर