अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता – Nepal Press

अध्यक्ष तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री हुनसेनबीच भेटवार्ता

सिधा हवाई सेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ।

कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनबीच भेटवार्ताका क्रममा कम्बोडिया र नेपालबीच सिधा हवाई सेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशका बिचको शान्ति प्रक्रियाका अनुभवहरू आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

अध्यक्ष तिमिल्सिनाले दुई तिहाइ भन्दा बढी बौद्ध मार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालबीच हवाई सेवा सञ्चालन गर्दा धार्मिक पर्यटनको विकास हुने बताए ।

उनले भने, ‘नेपाल गौतम बुद्धको जन्मथलो भएकाले बौद्ध धर्मावलम्बीहरूको लागि महत्त्वपूर्ण गन्तव्य हो। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ ।’

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको बताए ।

नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखे/भोगेकाले द्वन्द्वपछिको अनुभव आदानप्रदान गर्न पनि दुई पक्षिय सम्बन्ध बिस्तारमा जोड दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर