अन्धाधुन्ध तार नकाट्न स्थानीय तहलाई सरकारको परिपत्र


काठमाडौं । सरकारले सबै स्थानीय तहलाई अन्धाधुन्ध तार नकाट्न परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्दै दूरसञ्चार सेवा प्रदायकले जडान गरेको केवल नेटवर्कका तार अन्धाधुन्ध नकाट्न परिपत्र गरेको हो ।
स्थानीय तहले शहरी सौन्दर्यको नाममा इन्टरनेट तथा टेलिफोनको तार अन्धाधुन्ध काटेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले वैशाख १२ गते यस्तो कार्य बन्द गर्न सहयोग मागेको मन्त्रालयका स्थानीय तह समन्वय शाखाले जनाएको छ ।
नेपाल टेलिकमले वैशाख ८ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र लेखेको थियो । काठमाडौं महानगरलगायत विभिन्न स्थानीय तहले शहरी सौन्दर्य कायम गराउने भन्दै दूरसञ्चार सेवा सञ्चालनको लागि कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध रूपमा काटिदिने क्रम बढिरहेको टेलिकमले जनाएको छ ।