ट्वीटरमा समाचार पढ्नुहुन्छ ? आर्को महिना देखि पैसा तिर्नुपर्ने हुनसक्छ ! – Nepal Press

ट्वीटरमा समाचार पढ्नुहुन्छ ? आर्को महिना देखि पैसा तिर्नुपर्ने हुनसक्छ !

काठमाडौं । ट्वीटरका सिईओ तथा विश्व धनाड्य व्यक्ति एलन मस्कले आर्को महिनादेखी ट्वीटरमा समाचारजन्य आलेख पढेको पैसा तिर्न पर्ने संकेत गरेका छन् ।

मस्कले एक ट्वीट गर्दै यसका प्रयोगकर्ताहरुले आलेखका आधारमा पैसा तिर्नु पर्ने धारणा व्यक्त गरेका हुन् । मस्कको यो धारणा कार्यन्व्यन भएमा मासिक सदस्यता नलिएका प्रयोगकर्ताले समाचार पढ्नका निमित्त धेरै शुल्क तिर्न पर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कतिपय मानिसहरुका लागि यो आयको महत्वपूर्ण श्रोत बन्न सक्ने मानिसहरुले प्रयोगकर्ताका लागि गुणस्तरिय सामाग्री तयार पार्ने मस्कको भनाई रहेको छ ।

यसअघि मस्कले ब्लू टिक सब्सक्रिप्सन नगर्ने प्रयोगकर्तालाई ब्लू टिक प्राप्त नहुने घोषणा गरेका थिए । जसअनुरुप अप्रिल २० देखि निशुल्क रुपमा प्राप्त ब्लु टिक हटाउन सुरु गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर