रैथाने ज्ञान र सीपको महत्व अहिले झनै बढ्दो: किराँती – Nepal Press

रैथाने ज्ञान र सीपको महत्व अहिले झनै बढ्दो: किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञसभाको उद्घाटन गर्दै किराँतीले मान्छेबाट मान्छेमा सर्ने ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताए ।

किराँतीले भने, ‘समाजमा रहेको मूल्य मान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २०२२ सालको भन्दा २०८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राखिन् ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताए ।

उनले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको बताए ।

त्यस्तै बाग्मती प्रदेशका सांसद सरल सहयात्रीले अब दिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमा मात्र काम गर्ने नभई गहिराइमा पुगेर दीर्घकालीन प्रभाव पार्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागत कला तथा ज्ञानको संरक्षणमा ध्यान दिँदै त्यसलाई सूक्ष्म र बृहत दुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यान दिनुपर्ने धारणा राखे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको क्षेत्रमा अहिले चुनौतीसँगै नयाँ अवसरसमेत रहेको बताए । उनले नीतिगत तथा संरचनागत तहमा प्रतिष्ठानले यस कार्यकालमा धेरै काम गर्न उद्देश्य राखेर अघि बढेको बताउँदै त्यसको नतिजा पनि केही समयपछि देखिने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर