वर्षा रोकिएसँगै कुवेतविरुद्ध रोहित र कुशलको अर्धशतक – Nepal Press

वर्षा रोकिएसँगै कुवेतविरुद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा कुवेतविरुद्ध कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कुशलले ४२ बलमा ४ चौका र ३ छक्का र रोहितले ५६ बलमा चार चौका र १ छक्काको मद्दतमा अर्धशतक पुरा गरे ।

यो समचार तयार पार्दा २८.५ ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ । कुशल मल्ल रोहित सँग १०९ रनको साझेदारि गर्दै २८.३ ओभरमा आउट भए ।

तस्बिर : उमेश कार्की 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर