उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं
नेपाल प्रेस
२०८० वैशाख १३ गते २०:३४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन् ।
थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव,विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्ष गर्ने घडी आएको बताएका छन् ।
महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको ठोस नीति,योजना र कार्यक्रमसहित स्पष्ट मार्गचित्र लिएर आउने र त्यसलाई सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया
तिमी काँग्रेसमै छैनौ । काँग्र्समा त दाइ भाउजू मात्र छन् । काँग्रेसमा हुनेवाला केही छैन ।