भारतमाथि नेपालको सानदार जीत, दृष्टिविहीन महिला क्रिकेटमा विनिताले बनाइन् पहिलो शतक – Nepal Press

भारतमाथि नेपालको सानदार जीत, दृष्टिविहीन महिला क्रिकेटमा विनिताले बनाइन् पहिलो शतक

पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल विजयी भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा नेपालले भारतलाई ८ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

१७३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १८ ओभरमा २ विकेट गुमाएर जीत हात पारेको हो । नेपालका लागि विनिता पुनले शतक प्रहार गरिन् । ५७ बल खेलेकी विनिताले १११ रनको शतकीय इनिङ खेलिन् ।

यससँगै विनिता विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेकी छन् । मनकेशरी चौधरीले ३१ रन र सरिता घिमिरेले २१ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । भारतका लागि गंगौभाले अर्धशतकीय इनिङ खेलेकी थिइन् । ७१ बल खेलेकी उनले ७२ रन बनाइन् ।

बलिङतर्फ निशाले एक विकेट लिइन् ।

खेलको प्लेयर अफ द म्याच शतक प्रहार गरेकी विनिता पुन बनिन् । उनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरिन् । पोखरा क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । दोस्रो खेल बुधबार पोखरामा र बाँकी ३ खेल काठमाडौंको मूलपानीमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर