आकाशमा होल्ड भएका जहाजहरु ल्याण्डिङ गराइयो, विमानस्थल सूचारु – Nepal Press

आकाशमा होल्ड भएका जहाजहरु ल्याण्डिङ गराइयो, विमानस्थल सूचारु

काठमाडौं ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुचारु भइसकेको छ।  फ्लाई दुबईको FZ576 जहाज अहिले नेपालको आकाशबाट सुरक्षित भारत प्रवेश गरिसकेको छ । आकाशमा होल्ड भएका जहाजहरु त्रिभुवन विमानस्थलमा ल्याण्ड गराइएको छ ।

फ्लाई दुबईको जहाज आकस्मिक ल्याण्डिङ गराउनका लागि रनवे खाली गराइएकाे थियाे ।

काठमाडाैंबाट उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आएकोथियो । पाइलटले त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराउनुपर्ने अवस्था आउनसक्ने भएकाले रनवे खाली गराइएको छ । जहाज भैरहवा पार गरेसँगै होल्ड भएकोजहाजहरु ल्याण्डिङ गराइएको हो । अहिले ३ वटा जहाजले ल्याण्डिङ गरिसकेको छ भने । रोकिएको जहाजहरुले उडान भर्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *