खुलामञ्चमा माधव नेपालदेखि विप्लवसम्म एउटै मञ्चमा (तस्बिरहरू) – Nepal Press

खुलामञ्चमा माधव नेपालदेखि विप्लवसम्म एउटै मञ्चमा (तस्बिरहरू)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थपना दिवसको अवसर नेकपा र नेकपा माओवादी समाजवादीले काठमाडौंमा कार्यक्रम आयोजना गरेको छ।

कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा र्‍यालीसहित विशाल जनसभा कार्यक्रम गरेको हो। अहिले कार्यक्रम खुल्लामञ्चमा भइरहेको छ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बृष्णबहादुर महरा, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरु उपस्थित छन्।

२००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ। २००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिष्ट पार्टी विचारधाराबाट विचलित भएपछि अहिले फुटको शृङ्खला चलिरहेको छ। कम्युनिष्ट पार्टीलाई एक बनाउने अभियान चल्दै आएपछि अहिलेसम्म सफल हुन सकेको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर