गृहमन्त्री श्रेष्ठको दाबी- अर्थतन्त्र संकटमा छैन (भिडिओ) – Nepal Press

गृहमन्त्री श्रेष्ठको दाबी- अर्थतन्त्र संकटमा छैन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको दाबी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरु खोज्नसक्दा सुधार आउने बताए ।

‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौं’, उनले भने, ‘मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन । गम्भीर संकटमा नभए पनि केही समस्याहरु देखापरेका छन् । देखापरेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौं ।’

सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको उनले बताए । सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने गृहमन्त्री श्रेष्ठको जिकिर थियो ।

अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर