तीन हजार डलर पाउने लोभमा एक किलो कोकिन बोकेर केन्याबाट नेपाल आइन् ६३ वर्षीया महिला (भिडिओ) – Nepal Press

तीन हजार डलर पाउने लोभमा एक किलो कोकिन बोकेर केन्याबाट नेपाल आइन् ६३ वर्षीया महिला (भिडिओ)

काठमाडौं । इथोपियाबाट एक केजी ८० ग्राम कोकिन बोकेर काठमाडौं ओर्लिएकी केन्याली महिला पक्राउ परेकी छन् ।

६३ वर्षीया पिलिसा वान्जा दिरितुलाई ठमेलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

वैशाख १ गते नेपाल आईपुगेकी दिरितुलाई प्रहरीले लगातार निगरानी गर्ने क्रममा भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्ने भारतीय नागरिकमा ५१ वर्षीय रवीन्द्र कुमार परासर रहेका छन् । दिरितुले नेपालसम्म ल्याइपुर्याएको कोकिन रिसिभ गर्न परासर स्थल मार्ग हुँदै नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका थिए ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार दिरितुले ३ हजार अमेरिकी डलर पाउने लोभमा उक्त कोकिन बोकेर आएकी थिइन् ।

नेपालसम्म पुर्याएबापत उनलाई उक्त रकम दिने भनिएको थियो। त्यस्तै नयाँ दिल्लीमा ड्राइभर काम गर्दै आएका परासर पनि २० हजार भारतीय रुपैयाँ पाउने लोभमा कोकिन लिन नेपाल आईपुगेको प्रारम्भिक अनुसन्धानका क्रममा बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर