छालारोग विशेषज्ञ डा. झा विश्व प्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनोट – Nepal Press

छालारोग विशेषज्ञ डा. झा विश्व प्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनोट

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डा. प्रशन्नकुमार झा भारतको विश्व प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल (आईडोज)को पेपर रिभ्युअरमा छनोट भएका छन् ।

एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाका आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ ।

जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर केए सीतारामले पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन् । नेपालबाट छनोट हुने डा. झा पहिलो डाक्टर हुन् ।

डा. झाले काठमाडौं मेडिकल कलेज (केएमसी)बाट एमबीबीएस, भारतको वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पूरा गरेका छन् ।

उनका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन् । उनी इन्डियन सोसाइटी अफ एस्थेटिक मेडिसिन र इन्डियन इन्स्टिच्युट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्यसमेत छन् ।

आफूलाई आईडोजले पेपर रिभ्युअरमा छनोट गरेपछि खुशी व्यक्त गर्दै डा. झाले यो नेपाल र नेपाली डाक्टरको लागि महत्वपूर्ण उपलब्धि रहेको बताए । यो छनोटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन् भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठालाई माथि उठाउन टेवा पुग्ने उनको विश्वास छ ।


प्रतिक्रिया

2 thoughts on “छालारोग विशेषज्ञ डा. झा विश्व प्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनोट

  1. नेपाल को राजनीति भ्रष्ट भए पनि केही डॉ हरू भने नेपाल का गहना साबित हुंदै छन्
    सलाम डॉ 🙋🥰

  2. Kunai Journal ko Reviewer ma chhanot hunu yasari news nai banne had sammako thulo kura haina..Nepal ka dherai professor haru yo vanda ramra journal ma reviewer chhan..ra tiniharuko article more than 30 journal ma publish vako chha…10 wata article publish hunu pani extremely valuable achievement ho jasto lagdaina research sector ma..yati ta within one year nai pani hunchha renowed professor haruko ..but anyway congratulations for the achievement and hope you will get more success in future

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर