भृत्य र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको विशाल लक्ष्य – Nepal Press

भृत्य र मुस्तफाको शतकमा यूएईले कुवेतलाई दियो ३७२ रनको विशाल लक्ष्य

काठमाडौ । भृत्य अर्विन्द र रोहन मुस्तफाको शतकमा यूएईले जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह बीको खेलमा कुवेतलाई ३ सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७१ रनको योगफल तयार पारेको छ ।

यूएईले ४.४ ओभरमा तीन विकेट गुमाउँदै राम्रो सुरुआत गर्न सकेको थिएन । तर, तेस्रो नम्बरमा क्रिजमा आएका भृत्य अर्विन्द र रोहन मुस्तफाले शतकीय पारी खेल्दै यूएईको बिशाल योगफल खडा गरे ।

भृत्य १ सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १ सय ८५ रन बनाएर पभेलियन फर्किए । रोहन मुस्तफाले १ सय २५ बलको सामना गर्दै १० चौका र ४ छक्काको मद्दतमा १ सय १८ रनको इनिङ खेले ।

आसिफ खान ९ बलमा २ चौका र तीन छक्काको मद्दतमा ३० रन बनाएर आउट भए । कुवेतको बलिङमा साहरुख उड्डुसले ८ ओभरमा ६० रन खर्चिएर दुई विकेट लिए ।

प्रभिन्दर कुमारले ३ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिँदा सायद मोनिबले ८ ओभरमा ९० रन खर्चिएर एक विकेट लिए । यासिन पटेलले १० ओभरमा दुई मेडन राख्दै ३२ रन खर्चिएर एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर