वीरगन्ज चिनी कारखाना सञ्चालनको प्रयास गर्ने उद्योग मन्त्रीको प्रतिवद्धता – Nepal Press

वीरगन्ज चिनी कारखाना सञ्चालनको प्रयास गर्ने उद्योग मन्त्रीको प्रतिवद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री रिजालले चिनी मिल चलाउन आफू तयार रहरेको बताएका हुन् । मन्त्री रिजालले चिनी मिल पुनः सन्चालनमा ल्याउनका लागि विज्ञहरूलाई बोलाएर छलफल गरी मन्त्रालयले काम अगाडि बढाउने स्पष्ट पारे ।

कार्यक्रममा उपस्थित पर्साबासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेको भन्दै मन्त्री रिजालले जिल्लावासीकै आदेशमा आफू चल्ने समेत बताए ।

पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग जोडिएको चिनी कारखाना बन्द भए लगत्तै किसानहरूको दुःखका दिन सुरु भएकाले चिनी कारखाना सञ्चालन हुनुपर्ने पर्साबासीको माग रहेको थियो ।

वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भई २०२१ सालदेखि सञ्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर