चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा – Nepal Press

चेल्सीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो र दोस्रो लेगमा समान २-० र समग्रमा ४-० गोलको नतिजामा इङलिस क्लब चेल्सीलाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार राति चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाए ।

त्यसपछि, खेलको ८० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को जित दिलाए । पहिलो लेगमा रियललाई जित दिलाउन बरिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरेका थिए ।

रियलले खेलको पछिल्ला १३ सिजनमा च्याम्पियन्स लिगको सेमिफाइनल पसगेको यो ११औं सिजन हो । रियलले सेमिफाइनलमा बुधबार राति हुने खेलमा म्यान्चेस्टर सिटी र बायर्न म्युनिखबीचको बिजेतासँग खेल्नेछ ।

यस्तै, मंगलबारनै सम्पन्न अर्को खेलमा नापोलिलाई समग्रमा २-१ गोलको नतिजामा पराजित गर्दै एसी मिलान सेमिफाइनल पुगेको हो । अब मिलानले फाइनल प्रवेशका लागि इन्टर मिलान र बेन्फिकाबीचको बिजेतासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर