मन्त्रिपरिषद् बैठक- जग्गाको कित्ताकाट खुला गर्ने निर्णय – Nepal Press

मन्त्रिपरिषद् बैठक- जग्गाको कित्ताकाट खुला गर्ने निर्णय

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए ।


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद् बैठक- जग्गाको कित्ताकाट खुला गर्ने निर्णय

  1. जनयुद्वमा लुटेको पैसा विभिन्न व्यवसायी मार्फत जग्गामा लगानी गरेको थियो माओवादीले । जग्गाको कारोवारमा मन्दी आएपछि माओवादीमा पैसाको छटपटी शुरू भएको थियो । प्रचण्डले प्रधानमन्त्री बन्न खोज्नुको मुख्य कारण जग्गा कारोवार खुलाएर जग्गा किनबेच मार्फत कमाउनु हो ।अब सपना पूरा हुने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर