सिरहाका मिटरब्याजी रामबाबु यादव पक्राउ – Nepal Press

सिरहाका मिटरब्याजी रामबाबु यादव पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले मिटरब्याजी रामबाबु यादवलाई पक्राउ गरेको छ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयबाट औरही गाउँपालिका ३ खजनपुर घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी सम्बन्धी मुद्दा परेको आरोपमा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रराज पाण्डेले जानकारी दिए । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडी बढाएको उनले बताए ।

मिटरब्याज आरोपमा प्रहरीले ठगी मुद्दा चलाउँछ । सिरहा सदरमुकामकै एक महिलाले उनीमाथि ठगी मुद्दा दर्ता गराएकी छन् । सयकडा ३ रुपैयाँमा रकम लगानी गर्ने गरेको र रकम तिरिसक्दा पनि कपाली कागज नदिएको उनीमाथि आरोप लागेको छ ।

मिटरब्याज यादवमाथि जिल्ला प्रशासन कार्यालयमा पनि अन्य पीडितहरुले उजुरी दिएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *