गृहमन्त्री श्रेष्ठ भन्छन्- लोकतान्त्रिक उपलब्धिलाई उल्ट्याउने कदम स्वीकार्य छैन (भिडिओ) – Nepal Press

गृहमन्त्री श्रेष्ठ भन्छन्- लोकतान्त्रिक उपलब्धिलाई उल्ट्याउने कदम स्वीकार्य छैन (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको प्रमुख कार्यभार संविधानको रक्षा र कार्यान्वयन भएको बताएका छन् । मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्रलाई कमजोर पार्न खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिन नसक्ने बताए ।

उनले भने, ‘लोकतन्त्रलाई कमजोर पार्न खोज्ने र लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउन खोज्ने, असंवैधानिक गतिविधिहरुलाई हामीले छुट दिन सक्दैनौं । हाम्रो संवैधानिक बाटोबाट यो लोकतन्त्रलाई अझ परिपक्व र उन्नत बनाउने दिशातिर जान्छौं । तर, लोकतान्त्रिक उपलब्धिलाई उल्ट्याउन खोज्ने कुनैपनि असंवैधानिक हामी छुट दिन सक्दैनौं ।’

उनले शान्ति प्रक्रियाको बाँकी कामलाई टुंग्याउने कार्यभार पनि सरकारले पूरा गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर