नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने, मूल्य पछि खुलाइने – Nepal Press

नेपाल एयरलाइन्सले ३ वटा जहाज किन्ने, मूल्य पछि खुलाइने

काठमाडौं । देश आर्थिक संकटमा रहेको बेला नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि ३ वटा जहाज किन्ने भएको छ ।

जहाज किन्नको लागि निगमले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । साना जहाजमार्फत दुर्गम र पहाडी क्षेत्रमा उडान भर्ने भनिएको छ ।

निगमले ३ वटा जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्ने बताएको छ । अहिले निगमका २ वटा जहाजहरुले आन्तरिक उडान गरिरहेका छन् भने ४ वटा जहाजले अन्तर्राष्टिय उडान भरिरहेका छन् ।

खरिद गर्न लागिएको ३ वटा जहाजको मूल्य भने खरिद गर्ने बेलामा बोलपत्रमा नै खुलाइने निगमले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *