बारा २ मा उपेन्द्रलाई जिताउन गठबन्धनका ५ दलका युवाहरुले अभियान चलाउँदै – Nepal Press

बारा २ मा उपेन्द्रलाई जिताउन गठबन्धनका ५ दलका युवाहरुले अभियान चलाउँदै

जनकपुरधाम । बारा २ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन सत्तारुढ पाँच दलका युवा संगठनले संयुक्त रुपमा अभियान चलाउने घोषणा गरेको छ ।

समाजवादी युवा संघ नेपालका सुजित पाण्डे, वाइसीएल नेपालका शुभनारायण पटेल, लोकतान्त्रिक युवा संघका अध्यक्ष साबिर आलम, तरुण दल नेपालका दिपेन्द्र पटेल र युवा संघ नेपालका आर. के. भटराईले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर गठबन्धनका उम्मेदवार यादवलाई जिताउन अभियान चलाउने निर्णय गरेको बताएका छन् ।

यस्तै, बाराको गढीमाईमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने भएको छ । उक्त सभा सफल बनाउन सम्पुर्ण युवा परिचालन गर्ने निर्णय पनि भएको समाजवादी युवा संघ नेपालका प्रतिनिधि सुजित पाण्डेले जानकारी दिए ।

बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर