महासंघका नवनिर्वाचित नेतृत्वको पदवहाली, अध्यक्ष ढकालका यी हुन् ५ प्रतिवद्धता (भिडिओ) – Nepal Press

महासंघका नवनिर्वाचित नेतृत्वको पदवहाली, अध्यक्ष ढकालका यी हुन् ५ प्रतिवद्धता (भिडिओ)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित नेतृत्वले पदवहाली गरेका छन् । अध्यक्ष, वरिष्ठ उपध्यक्ष र उपाध्यक्ष र केन्द्रीय सदस्यहरुले पदवाहाली गरेका हुन् ।

चन्द्रप्रसाद ढकालले महासंघको अध्यक्षमा पदवाही ग्रहण गर्दै ५ काम गर्ने प्रतिवद्धता गरेका छन् । जसअनुसार पहिलो वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउने, तेस्रो राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा पाँचौं व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने रहेको बताएका छन् ।

पदभार ग्रहण गर्दै ढकालले भने, ‘गाँउबाट आएको सानो व्यवसायी पनि महासंघको नेतृत्वमा आउन सक्दो रहेछ । त्यसको उदारण म आफै हो । महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व हुदैन कि भन्ने साथीहरुलाई चिन्ता छ । म आफै पनि सानो व्यवसाय गरेर महासंघको नेतृत्वमा आएको छु । साना व्यवसायी र सबै खालका व्यवसायीको प्रतिनिधित्व हुन्छ । मैले ५ बुँदे प्रतिवतदा पनि घोषण गरेको छु । सरकारले पनि ती काम गर्न सहयोग गर्ने विश्वास लिएको छु ।’

अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी एवं व्यवसायी हुन् । महासंघमा दुई कार्यकाल सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

महासंघको पदभार ग्रहणमा निवार्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ रहने बताए ।
उनले भने, ‘महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लाने भनेर काम गर्ने छ । ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर