जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो – Nepal Press

जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो

काठमाडाैं । बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जावलाखेल यूथ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल यूथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा बराबरी खेल्दै एनआरटीसँग अंक बाँडेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा खेलमा मच्छिन्द्रले सुरुवाती अग्रता निकाल्दा ३९ औँ मिनेटमा ओमालाजा नुरेन करिमले गोल गरेका थिए ।

सम्मान जनक प्रदर्शन गरेको एनआरटीविरुद्ध मच्छिन्द्रका प्रशान्त अवस्थीको कर्नरमा करिमले गोल गर्न सफल भएका थिए । एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा करिमले बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए । खेलको ६७ औँ मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ बराबरीमा फर्काउँदा बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।

स्टेफनले निकोलस सङले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए । यस बराबरीसँगै मच्छिन्द्रले ९ खेलबाट १३ अंक जोडेको छ । मच्छिन्द्र छैटौँ स्थानमा रहेको छ ।

लिग अन्तर्गत शनिवार नै भएको अर्को खेलमा जावलाखेल युथबिरुद्ध मनाङ मर्स्याङ्दी निरीह बन्यो । एकतर्फी खेल देखाएको जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई गोल गर्दा फोडे फोफानाले एक गोल थपे ।

अनपेक्षित रूपमा नतिजा निकालेको जावलाखेलले लिगको सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ विरुद्ध खेलको चौथो मिनेटमा मासोबीको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि निर्धारित ९० मिनेटको खेलमा मनाङ खेलमा फर्किन असफल भएको थियो । तर खेलको इन्जुरी समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो ।

दोस्रो मिनेटमा फोफानाले टोलीका लागि दोस्रो गोल गर्दा चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाएका हुन् । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङको १५ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर