महेश बस्नेतले भने- बालेनको ‘विद्रोह’मा हाम्रो समर्थन छ (भिडिओ) – Nepal Press

महेश बस्नेतले भने- बालेनको ‘विद्रोह’मा हाम्रो समर्थन छ (भिडिओ)

रास्वपा मयुरको प्वाँख टाँसेको कौवा हो : बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरका मेयर बालेन शाहको विरोध गर्नुपर्ने जरुरी नरहेको बताएका छन् ।

बालेनले सिंहदरबारमा भएका अनियमितता र भ्रष्टाचारविरुद्ध विद्रोह गरेको उल्लेख गर्दै उनले त्यसमा आफ्नो समर्थन रहेको जनाए ।

बालेनविरुद्ध अभिव्यक्ति दिएपछि ट्रोल बनेका बस्नेतले उनीप्रति आफ्नो कुनै आक्रोश नरहेको प्रष्टीकरण पनि दिएका छन् ।

उनले भने, ‘बालेनप्रति मेरो आक्रोश छ भनेर मलाई नै आक्रमण गर्नुहुन्छ मिडियाका साथीहरू, तर बालेनको ढाडमा लागेको धुलो टकटक्याउने मात्र मेरो अभियान हो, उहाँको ढाड नै भाँच्ने मेरो अभियान कहिल‌े पनि थिएन । उहाँले‌ राम्रो गरिरहनुभएको छ र राम्रो काममा‌‌ एमालेको समर्थन सधैँ रहन्छ ।’

पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौँ महाधिवेशनको समीक्षाका लागि आयोजित साक्षात्कारमा उनले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको भन्दै समाज परिवर्तनको लागि संघर्ष गर्नु अहिलेको मूल कार्यभार भएको बताए ।

कांग्रेस भ्रष्टिकरणको नेतृत्वकर्ता भएको र नेकपा (माओवादी केन्द्र) ले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको उनले आरोप लगाए ।

बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गर्दै रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको जिकिर गरे ।

युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको र यसले देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर