पदक पाएकी कीर्तिमानी आरोही पूर्णिमाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध – Nepal Press

पदक पाएकी कीर्तिमानी आरोही पूर्णिमाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध

काठमाडौ । शुक्रबार राष्ट्रपति भवनमा पदक पाएकी थिइन कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले। तर, छोरीको पदक पाएको दृश्य हेर्न गोरखाबाट आएका बुबालाई भने राष्ट्रपति भवन छिर्न निषेध गरियो।

आफूले बुबालाई गेट बाहिर राखेर पदक पाएकोमा मन अमिलो भएको श्रेष्ठले आफ्नो सामाजिक संजालमा लेखेकी छिन् ।

आठ हजारमाथिका सगरमाथासहित सात हिमाल आरोहण गरेकी श्रेष्ठले लेखेकी छन्, ‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो। यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनु भयो तर मसँगै जानु भएको बुबालाई गेटबाट भित्र जान दिएन र निराश हुँदै फर्किनुभयो। यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो थियो ।


प्रतिक्रिया

4 thoughts on “पदक पाएकी कीर्तिमानी आरोही पूर्णिमाका बुबालाई राष्ट्रपति भवन छिर्न निषेध

  1. यस्तो अपमान जनक पदक म भए लिन्न थिए ! जबकी आफ्नै पितालाई त्यस्तो अवस्थामा छोडेर 😣

  2. आफ्नो अभिभावक लाई गरेको अपमान को बदलामा पदक बहिस्कार गर्नुपर्ने हुन्थ्यो । पहुँच र पुजीवाल लाई गरिने पदवी को लोभमा जिबन भर खिन्न्ता बोक्नु पर्ने भयो ।लोभी छोरी

  3. testo himat vako le frankly rastrapati lai vanu vako ekdam bes huntyo , padak matra linu vanda ..

  4. राष्ट्रपति भवन प्रवेशको लागि पहिल्यै नाम टिपाउनु पर्ने प्रावधान छ नि त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *