नेपाल प्रेसको निर्देशक/बजार व्यवस्थापकमा दिनेशकुमार लम्साल नियुक्त – Nepal Press

नेपाल प्रेसको निर्देशक/बजार व्यवस्थापकमा दिनेशकुमार लम्साल नियुक्त

काठमाडौं । नेपाल प्रेसको बजार प्रबन्धक तथा निर्देशकमा दिनेश कुमार लम्साल नियुक्त भएका छन् । नेपाल इप्रेस मिडिया प्रालिको बिहीबार बसेको बैठकले नयाँ वर्ष २०८० को प्रारम्भसँगै लम्साललाई सञ्चालक सदस्य थप्दै निर्देशकको जिम्मेवारी दिएको हो ।

नेपालको मिडिया उद्योग विशेष गरी विज्ञापन व्यवसायमा विगत ३० वर्षदेखि क्रियाशील रहेका लम्साल नेपाल विज्ञापन संघका पूर्व कोषाध्यक्ष समेत हुन् ।

एभरग्रीन एड्भरटाइजिङ मिडियाका संस्थापक सञ्चालक लम्साल २०५१ देखि विज्ञापन क्षेत्रमा कार्यरत छन् । २०५४ देखि उनी दुई कार्यकाल विज्ञापन संघको केन्द्रीय सदस्य थिए ।

विज्ञापन क्षेत्रका प्रतिष्ठित कृति अवार्डको पहिलोदेखि तेस्रो संस्करणका आयोजक लम्सालले सन् १९९८ को फिफा वर्ल्डकपको नेपालमा विज्ञापन मार्केटिङको व्यवस्थापन समेत गरेका थिए ।

एक क्लब नेपालका संस्थापक सदस्य लम्साल प्राइम कमर्सियल बैंकका संस्थापक शेयरधनी हुन् । लम्सालले सर्वोत्कृष्ट विज्ञापन एजेन्सीको रूपमा सबैभन्दा धेरै व्यापार गरेबापत गोरखापत्र संस्थापनबाट अवार्ड पाएका थिए ।

करिब तीन दशकको विज्ञापन तथा मिडिया व्यवस्थापनको अनुभवलाई अब नेपाल प्रेसको व्यवसायिक क्षमता विकासमा लगाउने लम्सालले बताए ।

लम्साललाई नेपाल प्रेसमा स्वागत गर्दै नेपाल इप्रेस मिडिया प्रालिका अध्यक्ष बिन्दुराज लम्साल, प्रधान सम्पादक मात्रिका पौडेल र कार्यकारी निर्देशक गणेश निरौलाले लम्सालको नेतृत्वमा नेपाल प्रेसको ब्राण्डिङ तथा बजार विस्तारमा सघाउ पुग्ने अपेक्षा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *