आफ्नै दाबीसँग बाझिने ढाकाकुमारको अभिव्यक्ति- जनवरीको अडिओ पार्टीविरुद्ध प्रहार गर्न अहिले ल्याइयो – Nepal Press

आफ्नै दाबीसँग बाझिने ढाकाकुमारको अभिव्यक्ति- जनवरीको अडिओ पार्टीविरुद्ध प्रहार गर्न अहिले ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको आफ्नै अभिव्यक्ति बाझिएको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ इडिट गरेको दाबी गरे ।

तर, उनले जनावरिमा भएको अडिओ अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरेको टिप्पणी गरे। उनले अडिओको बिषयमा न्यायलयमा गइसकेकाले क्लिन चिट लिएर आउँने बताए।

अडिओबारे उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु त्यतिबेलासम्म धैर्य गर्नुहोला । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्राथी छु । यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला । यो अडिओ केही पनि होइन । सुनियोजित रुपमा ल्याइएको हो । फसाइएको हो । लगभग जनवरी, फेब्रुअरीतिर भएको अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई सुनियोजित रुपमा चारैतिरबाट प्रहार गरेको हो । पार्टीको तीनैवटा क्षेत्रका उम्मेदवारलाई हराउने योजना हो । त्यसैले हामीलाई माया गर्नेहरुले हाम्रा तीनैवटा क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनुहोला ।’

तपाईंको आफ्नै कुरा बाझिएको छ, जनवरीमा भएको अहिले ल्याइएको भन्नुभयो, यथार्थ के हाे भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर