मोदीविरुद्ध भारतका विपक्षी एक हुँदै, राहुल गान्धीसँगै देखिए नितिश कुमार र लालु यादवका छोरा तेजस्वी – Nepal Press

मोदीविरुद्ध भारतका विपक्षी एक हुँदै, राहुल गान्धीसँगै देखिए नितिश कुमार र लालु यादवका छोरा तेजस्वी

काठमाडौं । छिमेकी मुलुक भारतमा सत्तारुढ दल भाजपाको विरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी गर्दै आगाडि बढ्न सक्ने प्रबल सम्भावना देखिएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमार र उपमुख्यमन्त्री तथा लालु यादवका छोरा तेजस्वी यादवको बुधबार दिल्लीमा कांग्रेस नेता राहुल गान्धीसँगको भेटेपछि भारतमा भाजपा तथा मोदीको विरुद्धमा विपक्षी दलहरु एकजुट हुन लागेको चर्चा सुरु भएको हो ।

भेटघाट कांग्रेस सभापति मल्लिकार्जुन खर्गेको घरमा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भेटघाट पछि संचार माध्यमसँग संक्षिप्त कुराकानी गर्दै नितिशले विपक्षी दलहरुको एकताको बारेमा छलफल भएको बताएका छन् ।

‘अधिकतम दललाई एकताबद्ध गर्ने प्रयास भइरहेको छ । हामीले सकारात्मक वार्ता गरेका छौं ।’ नितिशलाई उध्रदत गर्दै भारतीय संचारमाध्यम इन्डिया टुडेले लेखेको छ ।

यस्तै कांग्रेस नेता राहुल गान्धीले पनि नितिशको पहल सरानिय रहेको भन्दै विचारधारा र देश विरुद्धको अतिक्रमण विरुद्ध लडाई लड्ने बताएका छन् । २०२४ को आम चुनावअघिको यो बैठकपछि नितिश कुमारलाई युपीएको संयोजक बनाउन सकिने समेत भारतीय संचार माध्यमहरुको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर