तनहुँ १ : कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : सबैलाई रोजगारी, सबै घरमा खानेपानी र बिजुली – Nepal Press

तनहुँ १ : कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता : सबैलाई रोजगारी, सबै घरमा खानेपानी र बिजुली

पोखरा । तनहुँ १ मा आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले सबैलाई रोजगारी, सबै घरमा खानेपानी र सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता गरेका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेको भट्टराईले निर्वाचन केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ५ वर्षभित्र तनहुँ १ मा सबैलाई रोजगारी सबै घरमा खानेपानी सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

‘सबै विद्यालयको आधुनिकीकरण सबै पालिकामा ५० शय्याको अस्पताल पुर्याउने गरी कार्यक्रमहरू अघि बढाउनेछु,’ उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

उम्मेदवार भट्टराईले सुशासन आफ्नो उच्च प्राथमिकताको विषय हुने बताए । ‘भ्रष्टाचार न्यूनीकरणका लागि मेरो ऊर्जा प्रयोग हुनेछ । सबै पालिकाले घरघरमा नै सेवा दिने अवस्था सिर्जना गरिनेछ,’ उनले भनेका छन् ।

तनहुँ १ का विभिन्न क्षेत्रका सडक स्तरोन्नति तथा कालोपत्रे ५ वर्षभित्र गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी मेडिकल कलेजको स्थापना गर्ने गरी प्रक्रिया सुरु गर्नेदेखि तनहुँमा विशिष्टीकृत अस्पताल (प्रसूति, क्यान्सर, मिर्गौला, बाल आदि) स्थापनाको पहल गर्ने प्रतिबद्धता भट्टराईले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर