बैतडी दुर्घटना अपडेट : मृतक ६ जना एउटै पालिकाका – Nepal Press

बैतडी दुर्घटना अपडेट : मृतक ६ जना एउटै पालिकाका

कैलाली । बैतडीको पाटनमा गएराति भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ ।

प्रहरीका अनुसार मृतक सबै बझाङको केदारस्यू गाउँपालिकाका रहेका छन् ।

गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *